प्रमुख निर्वाचन आयुक्तले गरे भक्तपुरबाट मतदान

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरकाे लोकञ्थलीस्थित युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेका छन्।

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भक्तपुरबाट मतदान गरेका छन्।

लोकञ्थलीस्थित युनिक नेपाल एकेडेमी केन्द्रबाट दोस्रो मतदान गरेका हुन्। फरक क्षमता भएका दीपेन्द्र गिरीले मत दिएपछि थपलियाले मतदान गरेका थिए। 

मतदानपछि थपलियाले चार वटै मतपत्रमा छाप लगाएर मतपेटिकामा खसाल्न दुई मिनेट लागेको बताए। स्थानीय निर्वाचनबाट पाठ सिकबेर मतदान केन्द्र मतदातामैत्री बनाएको उनको भनाइ थियो।