कोशी प्रदेश सरकारले अध्यादेशमा रहेको भन्दा ५० करोड रुपैयाँले बढाउँदै ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट ल्याएको छ।
विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्ण रूपमा कार्यान्वयन हुने बताएका छन् ।
आइतबार सञ्चारकर्मीसँगको अन्तर्क्रियामा उनले बजेट कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गरे। मुख्यमन्त्री कार्कीले शनिबार चालु आर्थिक वर्षका लागि बजेट अध्यादेश प्रतिस्थापन विधेयक प्रदेशसभा बैठकमा पेस गरेका थिए। अध्यादेशमा रहेको भन्दा ५० करोड रुपैयाँले आकार बढाउँदै उनले ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट पेस गरेका थिए।
बजेट भौतिक विकासमा मात्र केन्द्रित नरहेको मुख्यमन्त्री कार्कीको भनाइ छ। “हामीले मानवीय विकासलाई समेत जोड दिएका छौँ,” उनले भने, “प्रस्तुत कार्यक्रमहरू विधेयक पास भएको भोलिपल्टदेखि कार्यान्वयनमा जान्छ। समुन्नत प्रदेशका लागि हामीले पाइला चालिसकेका छौँ।’
योजना आयोगले तय गरेका कामहरू प्राथमिकता र योजनाबद्ध तवरले हुने उनको बताए। प्रतिस्थापन विधेयकमा १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने, तमोरको पानी धरान ल्याउने, धुलो दूध र घिउ निर्यातमा अनुदान दिने, हात्तीमैत्री जंगल बनाउने, इटहरीमा प्रादेशिक जलन अस्पताल निर्माण गर्नेलगायत कार्यक्रम समावेश छन्।
यसैगरी विराटनगरमा शैलजा आचार्य हृदय रोग उपचार केन्द्रको व्यवस्था मिलाउने, प्रत्येक जिल्लामा निःशुल्क कानुनी उपचार केन्द्रको व्यवस्था मिलाउने, भूमिहीनले घडेरी खरिद गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको व्याज मिनाहा गर्ने लगायतका कार्यक्रम पनि समेटिएको मुख्यमन्त्री कार्कीको भनाइ छ।
बजेट अध्यादेशबाट आए पनि यसले नागरिकको आवश्यकता र चाहनालाई पूरा गर्ने दाबी गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
