भग्नावशेष खस्ने र ड्रिलिङ मेसिन बारम्बार बिग्रिँदा उद्धार प्रयास सुस्त र जटिल भएको छ।
भारत उत्तराखण्डको सुरुङमा फसेका ४१ कामदारालाई बाहिर निकाल्ने प्रयास तीन सातादेखि जारी छ। भारतीय सेनाले उनीहरूलाई बाहिर निकाल्नका लागि तीन दिशाबाट खनिरहेका छन्।
इन्जिनियरहरूले ५७ मिटर चट्टान र कङ्क्रिटबाट धातुको पाइप तेर्सो रूपमा लैजाँदा सुरुङमा पुरिएका धातुका बिमले अवरोध पुर्याएको थियो।
कामदारसम्म पुग्नुभन्दा नौ मिटरअघि नै एउटा ठूलो बोरिङ मेसिन भाँच्चिएको थियो। हातले खन्ने काम जारी राख्नुअघि बोरिङ ड्रिल र तेस्रो मार्ग अवरुद्ध पार्ने धातु हटाउनका लागि प्लाज्मा कटिङ मेसिनको प्रयोग गरिने छ। सीमित पाइपभित्रबाट ती बिमलाई हटाउन परम्परागत अक्सिएसिटिलिन कटरको प्रयोग गन कठिन भएको छ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ८९ मिटर तल अर्को ठाडो ड्रिलिङको काम भइरहेको बताएका छन्। सुरुङ मार्गभन्दा केही टाढाबाट पनि काम शुरू भएको छ। यो तेस्रो मार्ग करिब ४८० मिटर लामो रहेको अनुमान गरिएको छ।
मंगलबार सुरुङभित्र फसेका कामदारलाई पहिलो पटक जीवित देखिएको थियो। एउटा पातलो पाइपको माध्यमबाट पठाइएको एन्डोस्कोपिक क्यामेराको लेन्सलाई उनीहरूले हेरिरहेको देखिएको थियो। सोही पाइपमार्फत उनीहरूलाई हावा, खाना, पानी र बिजुली पुर्याइने गरिएको छ।
भग्नावशेष खस्ने र ड्रिलिङ मेसिन बारम्बार बिग्रिँदा उद्धार प्रयास सुस्त र जटिल भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
