मतगणना राति ९ बजेबाट : प्रमुख निर्वाचन आयुक्त

हिमाली जिल्लामा मतपेटिका आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेबाट मतगणना शुरू गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन्।

काठमाडाैँ– प्रत्यक्षतर्फको मतगणना आज रातिबाटै हुने भएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौंलगायत तराईका जिल्लामा आज राति ९ बजेबाट नै मतगणना थालिने जामनकारी दिएका हुन्। भक्तपुरको युनिक नेपाल एकेडेमी मतदानमा मतदान गरेपछि थपलियाले यस निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मतदान हुनेमा आयोग विश्वस्त रहेको बताए।  

“आज ७ बजेसम्म मतपेटिका संकलन गर्ने र राति ९ बजेदेखि मतगणना प्रारम्भ हुनेछ । हिमाली जिल्लामा मतपेटिका आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेबाट मतगणना शुरू गर्ने भनेका छौँ”, थपलियाले भने, “८ दिन भित्रमा सबै नतिजा दिने तयारीमा छौँ । मतगणना कार्य सुव्यवस्थित र चाँडो सम्पन्न गर्ने मत गणना अधिकृतलाई आयोगले विशेष सुविधा दिन्छ।”

मतदान केन्द्र शुरूमा भएर त्यति व्यवस्थित हुन नसकेपनि बिस्तारै व्यवस्थित हुनेमा विश्वस्त रहेको थपिलयाले बताए।