डाक्टरले उनले भविष्यमा आफ्नै रेकर्ड तोड्ने बताएका छन्। अझै दुईवटा दाँत आउने तयारीमा रहेकाले केही समयमै उनीसित ४० दाँत हुने छन्।
सामान्यतया एक वयस्क व्यक्तिमा ३२ वटा दाँत हुन्छन्। कसैमा एकदुई वटा बढी र कसैमा कम हुनु स्वाभाविक मानिन्छ। तर भारतीय एक महिलाको भने औसत भन्दा ६ दाँत बढी छन्। उनले विश्वमै सबैभन्दा धेरै दाँत भएकी महिलाको कीर्तिमानी पाएकी छन्।
गिनिज वर्ल्ड रेकर्डका अनुसार २६ वर्षीया कल्पना बालनसँग थप चार वटा तल्लो बंगरा र थप २ वटा माथिल्लो बंगरा छन्। जसले गर्दा उनमा दाँतको संख्या ३८ पुगेको छ।
कल्पना किशोरावस्थामा हुँदा एक-एक गरी यी दाँतको विकास भएको थियो। दाँत आउँदा आफूलाई कत्ति पनि दुखाई नभएको उनले बताएकी छन्। तर खान खानेबला भने ती दाँतको बीचमा खानेकुरा अड्किँदा समस्या हुने गरेको उनको भनाइ छ।
शुरूमा त यसरी दाँतको संख्या बढीरहेको देखेर उनको घरमा सबैजना अचम्ममा परेका थिए। अस्पतालमा लिएर दाँत निकाल्नसमेत खोजेका थिए। तर दन्तचिकित्सकले दाँत सानै भएकाले झिक्न नसकिने भन्दै पूर्ण विकास हुनसम्म पर्खिन सल्लाह दिएका थिए। उनले भने दाँतको पूर्ण विकास भएपछि पनि झिक्न चाहिनन्। अहिले त्यही दाँतका कारण आफूले विश्व कीर्तिमान कायम गर्दा आफ्नो निर्णयप्रति उनी खुशी छिन्।
उनी भन्छिन्, "गिनिज वर्ल्ड रेकर्ड पाउँदा मलाई निकै खुशी लागेको छ, यो मेरो जीवनभरको उपलब्धि हो।"
डाक्टरले उनले भविष्यमा आफ्नै रेकर्ड तोड्ने बताएका छन्। अझै दुईवटा दाँत आउने तयारीमा रहेकाले केही समयमै उनीसित ४० दाँत हुने छन्। यसरी सामान्य भन्दा बढी दाँत पलाउने अवस्थालाई चिकित्सकीय भाषामा ‘हाइपरडोन्टिया’ भनिन्छ। विश्वमा ३.८ प्रतिशत मानिसमा यस्तो अवस्था हुन्छ।
बालनले धेरै दाँत भएको महिलाको रेकर्ड बनाए पनि विश्वमा सबैभन्दा धेरै दाँत भएको व्यक्तिको रेकर्ड भने क्यानडाका इभानो मेलोनसँग छ। उनीसित ४१ दाँत छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
