आइतबार नेप्सेमा उच्च अंकको वृद्धि, २ अर्बमाथिको कारोबार

आइतबार छ्याङ्दी हाइड्रोपावर, भगवती हाइड्रोपावर, विजय लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार उच्च अंकले उकालो लागेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४७.७५ अंकले उकालो लागेर १९०७.९५ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.८३ अंकले उकालो लागेर ३६४.८१ म पुगेको छ ।

नेप्सेका अनुसार कुल ६५ लाख ३० हजार ६४३ कित्ता शेयर दुई अर्ब एक करोड १७ लाख ६३ हजार ३५८ मूल्यमा कारोबार भएको छ।

नेप्सेका अनुसार कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ। सो कम्पनीको ११ करोड ६६ लाख ६७ हजार २६० रुपैयाँ बराबरको कारोबार भएको छ। 

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सात करोड ५६ लाख ९४ हजार ५२१, नबिल बैंक सात करोड ३७ लाख १२ हजार २८०, सिटिजन लाइफ इन्स्योरेन्स ६ करोड ३४ लाख ८६ हजार ३०६ र आईएमई लाइफ इन्स्योरेन्स पाँच करोड ९८ लाख ८३ हजार ५२४ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

छ्याङ्दी हाइड्रोपावर, भगवती हाइड्रोपावर, विजय लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। स्वरोजगार लघुवित्त ९.८९ र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले ९.८८ प्रतिशतले कमाएका छन्।

यस्तै, इन्फिनिटी लघुवित्त २.४७, एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड दोस्रो, आशा लघुवित्त २.४४, आत्मनिर्भर लघुवित्त २.३९ र नबिल डिवेञ्चरका लगानीकर्ताले १.९९ प्रतिशतले गुमाएका छन्।