वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा धेरै यूएई र त्यसपछि क्रमश: कतार, साउदी र मलेसिया रहेका छन्। युरोपेली देशको आकर्षण पनि बढ्दै गएको छ।
काठमाडौँ– वैदेशिक रोजगारीमा जानेलाई न चाडपर्वले रोक्छ न घरपरिवारको मायाले। दशैँ–तिहार एकै महिनामा परेको कार्तिकमा मात्रै ४३ हजार भन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जान श्रम तथा पुनः श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार ३८ हजार ३२२ पुरुष र ५ हजार ३०० महिला गरी ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएका हुन्। यीमध्ये २४ हजार ७८ जनाले पहिलोपटक श्रम स्वीकृति लिएका विभागले जनाएको छ।
वैदेशिक रोजगारीमा जानेमध्ये धेरैको रोजाई खाडी मुलुक यूएई बनेको छ। कार्तिकमा दुई हजार २६८ महिलासहित १२ हजार ४८५ जनाले यूएईको लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ। त्यसपछि क्रमशः कतार, साउदी र मलेसिया रहेका छन्। ७६४ महिलासहित ८ हजार ४६२ जनाले कतार, ७६ महिलासहित ८ हजार १४ श्रमिक साउदी अरेबिया र दुईसय महिलासहित ५ हजार ५५२ जनाले मलेसिया र ४२६ महिलासहित २०९८ ले कुवेतको रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।
यस्तै, पछिल्लो समय नेपालबाट रोजगारीको लागि युरोपेली देश जाने लहर पनि बढेको छ। युरोपका क्रोएसिया, रोमानिया, पोल्यान्ड आदि देश नेपाली श्रमिकको रोजाइमा पर्ने गरेका छन्।कार्तिकमा २३४ महिलासहित एक हजार १६२ जनाले क्रोएसिया, ९४ महिलासहित ४६३ रोमानिया, २६५ महिलासहित ३१० जना साइप्रस, ११ महिलासहित ९१ जनाले पोल्यान्डको लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ।
गत असोजमा ६ हजार ८३७ महिलासहित ५६ हजार २३५ जना वैदेशिक रोजगारीमा गएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
