प्रदर्शनीमा देशभरबाट दलित समुदायका यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीबीटीआइक्यूए प्लस) कलाकारहरूसहित ३८ कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ।
काठमाडौँ– सामरी उत्थान सेवा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा साताव्यापी चित्रकला प्रदर्शनी हुने भएको छ।
आगामी मंसिर १४ देखि २२ गतेसम्म ‘जात व्यवस्था र यौनिकता: कलामार्फत प्रतिरोध’ र्शीषकमा चिलकला प्रदर्शनी आयोजना हुने भएको हो।

चित्रकलामा जात व्यवस्था र यौनिकता थिममा हुन लागेको प्रदर्शनीमा देशभरबाट दलित समुदायका यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीबीटीआइक्यूए प्लस) कलाकारहरूसहित ३८ कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रदर्शनीले दलित समुदायका लैंगिक तथा यौनिक अल्पसंख्यक खुल्ला बहसको लागि पैरवी गर्ने अपेक्षा राखिएको कार्यक्रम संयोजक शिवहरि ज्ञवाली बताए।

“दलित एलजीबीटीक्यूआइए प्लस व्यक्तिहरूले भोगिरहनु परेको बहिष्करण र विभेदविरुद्ध यो कार्यक्रम आम बहसको वातावरण पनि सिर्जना गर्ने आशा राखिएको छ,” उनले भने, “व्यक्तिहरूको कला र क्षमताको उजागर गर्ने मात्र नभई उनीहरूबीच आधिकारको लागि समेत संगठित पहलको लागि प्रेरणा दिनेछ।”
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफ्नो हकहित, अस्तित्व र कानूनी अधिकारका लागि संघर्ष र आन्दोलनमा रहँदा सोही समुदायभित्र जातीय यौनिक तथा लैंगिक थप विभेद र बहिष्कारमा परेको अवस्था छ।

दुई दशकभन्दा लामो नेपालको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको आन्दोलनका बाबजुद समस्या ज्यूका त्युँ रहेको संस्थाकी कार्यकारी निर्देशक विमला गायकले बताइन्।
यसअघि गत भदौमा संस्थाले देशभरका दलित क्विअर व्यक्तिहरूको सहभागितामा ‘प्रथम दलित क्विअर क्याम्प’ संचालन गरेको थियो। यस प्रकारको दलित क्वियर क्याम्प देशमा नै पहिलो भएको दाबी संस्थाको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
