उत्तरकाशीको सिल्क्यारा सुरुङको मुख्य द्वारनजिक मन्दिरको निर्माण गरिएको छ। समाचार एजेन्सी एएनआईका अनुसार सोमबार दिउँसो साढे दुई बजे त्यहाँ हवन पूजा गरिने बताइएको छ।
भारतको उत्तराखण्डमा सुरुङमा फसेका ४१ मजदुरको उद्धारका लागि हवन पूजाको तयारी गरिएको छ। समाचार एजेन्सी एएनआईका अनुसार सोमबार दिउँसो साढे दुई बजे हवन पूजा गरिनेछ।
उत्तरकाशीको सिल्क्यारा सुरुङको मुख्य द्वारनजिक मन्दिरको निर्माण गरिएको छ। भारतका केन्द्रीय मन्त्री तथा पूर्व सेना प्रमुख वीके सिंह त्यहाँ पुगेर उक्त मन्दिरमा पूजा गरेका छन्।
विभिन्न मेसिन लगाएर उद्धार कार्य पनि जारी छ। तर मजदुरसम्म पुग्न सकिएको छैन। पछिल्लो समय अगर मेसिनको प्रयास विफल भएसँगै 'भर्टिकल ड्रिलिङ' गर्न थालिएको छ। अब जमिनको माथिबाट सिधै मजदुर रहेको ठाउँमा पुग्ने मार्ग बनाएर उद्धार गर्न लागिएको हो। मजदुरसम्म पुग्नको लागि ८६ मिटर जति 'ड्रिलिङ' गर्नुपर्ने बताइएको छ।
उत्तराखण्डको उत्तरकाशी भन्ने ठाउँमा निर्माणाधीन उक्त सुरुङ गत नोभेम्बर १२ मा भत्किएको थियो। त्यसपछि सुरुङमा कार्यरत मजदुर त्यही फसे। गएको मंगलबार बल्ल सुरुङभित्र फसेका कामदारलाई पहिलो पटक जीवित देखिएको थियो। त्यसपछि एउटा पातलो पाइपको माध्यमबाट पठाइएको एन्डोस्कोपिक क्यामेराको लेन्सलाई उनीहरूले हेरिरहेको देखिएको थियो। सोही पाइपमार्फत उनीहरूलाई हावा, खाना, पानी र बिजुली पुर्याइने गरिएको छ। भग्नावशेष खस्ने र ड्रिलिङ मेसिन बारम्बार बिग्रिँदा उद्धार प्रयास सुस्त र जटिल भएको छ।
#WATCH | Union Minister General VK Singh (Retd) offers prayers at the temple built near the mouth of Silkyara tunnel in Uttarkashi
— ANI (@ANI) November 27, 2023
After the failure of the Auger machine, vertical drilling from the top of the tunnel to reach the 41 trapped workers started yesterday. pic.twitter.com/EtkKDrjCX8
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
