गुजरात टाइटन्सले आईपीएलका लागि शुभमन गिललाई कप्तान नियुक्त गरेको छ। २४ वर्षीय गिलले २०१८ मा कोलकाता नाइट राइडर्सबाट आईपीएल करियर शुरू गरेका थिए।
काठमाडौँ– हार्दिक पाण्ड्या मुम्बई इन्डियन्समा फर्किएको एक दिनपछि गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)का लागि शुभमन गिललाई कप्तान नियुक्त गरेको छ। हार्दिकले २०२२ र २०२३ मा गुजरातको कप्तानी गरेका थिए। गिलले पहिलो पटक आईपीएलमा कप्तानी गर्नेछन्।
उनले गुजरातको कप्तान हुन पाउँदा धेरै खुशी लागेको प्रतिक्रिया दिए। दुई सिजन गुजरातका लागि उत्कृष्ट रहेको उनको भनाइ छ। त्यसैले आगामी सिजनमा यस्तै किसिमको खेल प्रदर्शन गर्ने उनले बताए।
गुजरातले डेब्यू प्रतियोगितामै राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। गत सिजन भने गुजरात उपविजेतामा सीमित भयो। गुजरात फाइनलमा चेन्नाइ सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो।
२४ वर्षीय गिलले २०१८ मा कोलकाता नाइट राइडर्सबाट आफ्नो आईपीएल करियर शुरू गरेका थिए। उनलाई कोलकाताले सन् २०२२ को अक्सनअघि रिलिज गरेको थियो।
गुजरातले २०२२ को अक्सनअघि तीन खेलाडी छनोट गर्नुपर्ने थियो। गिललाई गुजरातले ७ करोडमा भारूमा किनेको थियो। उनीबाहेक हार्दिक र राशिद खानलाई गुजरातले १५–१५ करोड भारूमा किनेको थियो।
गिलले २०२२ का १६ इनिङ्समा ४८३ रन बनाएका थिए। उनी टोलीको सर्वाधिक रन स्कोरर बनेका थिए। २०२३ मा पनि उनी टोलीको सर्वाधिक रन स्कोरर थिए। उनले १७ इनिङ्समा तीन शतकसहित ८९० रन बनाए।
गिलले केन विलियम्सन, राशिद, डेभिड मिलर, म्याथ्यु वेड र ऋद्धिमान शाहाजस्ता अनुभवी खेलाडी रहेको टोलीको कप्तानी गर्नेछन्। उनीसँग घरेलु क्रिकेटमा कप्तानीको अनुभव छ। उनले दुलीप ट्रफी र देवधर ट्रफीमा कप्तानी गरिसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
