प्रधानमन्त्री दाहालले वर्तमान परिवर्तनका बाहक राजनीतिक दल, शक्ति र व्यक्ति रहुन्जेल अग्रगमनको चक्कालाई कसैले पछाडि फर्काउन नसक्ने दाबी गरे।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम सिर्जना गर्ने प्रयास सफल हुन नसक्ने बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित छैटौँ सामाजिक सुरक्षा दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवादउन्मुख राज्य व्यवस्था निर्माणको प्रक्रियाविरुद्ध प्रश्न उठाउने, समाजमा भ्रम सिर्जना गर्ने, अराजकता सृष्टि गर्ने कोशिशलाई सफल हुन नदिइने दाबी गरेका हुन्। पछिल्लो समय मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षधरले गरिरहेको प्रदर्शनलाई लक्षित गर्दै उनले इतिहास जहिले पनि अग्रगमनतिरै अगाडि बढ्ने दाबी गर्दै पछाडि फर्कनै नसक्ने बताए।
“इतिहासको चक्कालाई पछाडितिर धकेल्ने कोशिशहरू देखिएकै छ। तर तथ्य के हो भने इतिहास जहिले पनि अग्रगमनतिरै अगाडि बढ्छ। पछाडि फर्कँदैन। र, हामी जबसम्म यो परिवर्तनका बाहक राजनीतिक दलहरू, नेताहरू, संघ, संस्थाहरू, बुद्धिजीवीहरू, नागरिकहरू, तपाईंहामी सबै निजी क्षेत्र र सार्वजनिक क्षेत्रका व्यक्तित्वहरू रहन्छौँ, इतिहास पछि फर्कँदैन, अगाडि नै बढ्छ। त्यो विश्वास पनि म तपाईंहरूलाई दिलाउन चाहन्छु,” उनले भने।
प्रधानमन्त्री दाहालले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन र सफलतालाई सरकारले आफ्नो सफलताको रूपमा लिएको बताए। उनले राष्ट्र निर्माणको लागि दूरगामी र रचनात्मक प्रभाव पार्ने तथा भावी पुस्ताका लागि गर्विलो इतिहासको रूपमा सामाजिक सुरक्षा कोषलाई सरकारले लिएको उल्लेख गरे।
प्रधानमन्त्री दाहालले सामाजिक सुरक्षा कोष कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गराउने काममा सक्दो योगदान पुर्याउन स्थानीय तहसहित सबै पक्षलाई आग्रह गरे। सरकारले सामाजिक सुरक्षा कोषलाई संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरूप अघि बढाउने र त्यसमा कुनै कम हुन नदिने उनको भनाइ थियो।
कोषका अनुसार हाल १८ हजार ४३९ रोजगारदाता र नौ लाख २८ हजार ४५३ योगदानकर्ता कोषमा आबद्ध भएका छन्। जसमा औपचारिकतर्फ चार लाख ६१ हजार ७९६ जना, वैदेशिक रोजगारीतर्फ चार लाख ६६ हजार ६२२ जना, स्वरोजगारमा ३२ जना र अनौपचारिकतर्फ तीन जना आबद्ध छन्।
यस अवधिसम्म कोषमा ५१ अर्ब २९ करोड रुपैयाँ संलन भएको छ। कोषबाट औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनातर्फ ७६ करोड १२ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम करोड ७५ लाख र अवकाश दाबी रकम पाँच अर्ब ४८ करोड, ९६ लाख रहेको छ। यस्तै, आश्रित परिवार सुरक्षा दाबी रकम १० करोड ९६ लाख रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
