६ महिना रहने गरी उपलब्ध गराइएको स्थानमा पक्की घर निर्माण, टहरा बनाउने, वन अतिक्रमण गर्ने, खेतीबाली लगाउने जस्ता कार्य भएकाले हटाउन लागिएको डिभिजन वन कार्यालय, चितवनले जनाएको छ।
चितवन– विसं २०७२ को भूकम्पमा परी घरगोठ क्षति भई तत्कालीन समयमा पुनर्स्थापना गरिएका भूकम्प प्रभावितलाई हटाउन डिभिजन वन कार्यालय चितवनले प्रक्रिया शुरू गरेको छ।
कार्यालयले गत कात्तिक २१ गते सूचना प्रकाशन गरी अतिक्रमित वन क्षेत्र खाली गर्नका लागि प्रभावितलाई अनुरोध गरेको थियो।
तत्कालीन दाहाखानी गाउँ विकास समिति हालको इच्छाकामना गाउँपालिका–६ कुयलघारीका १२७ घरपरिवारलाई तत्कालीन दाहाखानी गाउँ विकास समिति वडा नम्बर ८ हालको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा रहेको कबुलियती वन क्षेत्रमा स्थानान्तरण गरिएको थियो।
तत्कालीन समयमा ६ महिना रहने गरी जिल्ला प्रशासन कार्यालय चितवनको चलानी नम्बर ४३८ को पत्रबाट व्यवस्थापन गरिएकोमा हालसम्म पनि प्रभावित सोही स्थानमा रहेका छन्।
सोही स्थानमा पक्की घर निर्माण गर्ने, टहरा बनाउने, वन अतिक्रमण गर्ने, खेतीबाली लगाउने जस्ता कार्य भएको हुँदा हटाउन लागिएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए।
“वन तथा वातावरण मन्त्रालय बागमती प्रदेश मकवानपुरले उक्त वन क्षेत्र खाली गराई मन्त्रालयलाई जानकारी गराउनु भनी परिपत्र गरेको हुँदा वन ऐन २०७६ को दफा १२ मा भएको व्यवस्था र वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन रणनीति २०६८ मा भएको व्यवस्थाबमोजिम सो वन क्षेत्र खाली गर्न लागिएको हो,” उनले भने।
अहिले कतिपय पुरानै स्थानमा र कतिपय अन्यत्र गइसकेको र बाँकी रहेका ४५ परिवारलाई हटाउन लागिएको उनले जानकारी दिए। सो क्षेत्रमा रहेका पाँचवटा कबुलियती वनमा उनीहरूलाई तत्कालका लागि राखिएको खनालले बताए।
उनले थपे, “सूचना जारी गरिसकेका छौँ। अब अतिक्रमण नियन्त्रण रणनीतिअनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्बन्धित सरोकारवालासँग छलफल गरी सो क्षेत्र खाली गराइने छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
