प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा बढुवा भएका सहायक रथी नारायण सिलवाललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा बढुवा भएका सहायक रथी नारायण सिलवाललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
सोमबार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका नेपाल सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
मंसिर १३ अनिवार्य अवकाशमा जान लागेका सहायक रथी सिलवालको उपरथीमा विशेष बढुवा भएको हो।
सोही अवसरमा प्रधानसेनापति शर्माले महासेनानीमा बढुवा भएका ३ जना प्रमुख सेनालाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका थिए।
महासेनानीमा बढुवा हुनेहरूमा सुरेन्द्र सापकोटा, दिग्विजय शाह र नीरज पाण्डे रहेका छन्। तीनै जनाको एक वर्षअघि बढुवा भए पनि उनीहरू शान्ति मिसनमा खटिएकाले दर्ज्यानी चिह्न प्रदान गर्न ढिलाइ भएको थियो।
कार्यक्रममा बलाध्यक्ष, रथी सीताराम खड्का, रथी, अधिकृतहरूका साथै पदोन्नति भएका रथी तथा अधिकृतहरूका परिवारका सदस्यहरू उपस्थित रहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
