गाजामा जारी युद्धविराम थप २ दिन बिस्तार

इजरायल र हमासबीच गाजामा शुरू भएको चार दिने युद्धविराम मंगलबार सकिँदै थियो।

तस्वीर: एएफपी

इजरायल र प्यालेस्टिनी इस्लामिक लडाकु समूह (हमास)बीच गाजामा जारी युद्धविराम थप दुई दिन लम्बिने भएको छ। 

पहिलो चरणको चार दिने युद्धविरामको समयावधि सकिनै लाग्दा थप दुई दिन लम्ब्याउने सहमती भएको मध्यस्थकर्ता कतारले जनाएको छ।

इजरायल र हमासबीच गाजामा शुरू भएको चार दिने युद्धविराम मंगलबार सकिँदै थियो।

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले भनेका छन्, “जारी मध्यस्थताको एक भागको रूपमा, गाजा पट्टीमा मानवीय युद्धविरामलाई थप दुई दिन लम्ब्याउने सहमति भएको छ।” 

हमासले पनि केही थप शर्तसहित युद्धविराम बिस्तार हुने सूचनालाई पुष्टि गरेको छ।