आगलागीमा परी घाइते भएका उर्लाबारी–७ का ४३ वर्षीय रामनरेश मरिताको सोमबार राति उपचारका क्रममा मृत्यु भएको छ।
काठमाडौँ– मोरङको उर्लाबारीमा कात्तिक २६ गते भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
आगलागीमा परी घाइते भएका उर्लाबारी–७ का ४३ वर्षीय रामनरेश मरिताको सोमबार राति उपचारका क्रममा मृत्यु भएको हो।
यससँगै उक्त आगलागीमा घाइते भई उपचारका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जन दाहालले बताए।
आगलागीमा परी चार प्रहरीसहित २८ जना घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि काठमाडौँ कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो। अन्य घाइतेको उपचार जारी रहेको डीएसपी दाहालले बताए।
लक्ष्मीपूजाको दिन राति साढे १० बजेतिर उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागी भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
