सुनको मूल्य हालसम्मकै उच्च

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। 

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। प्रतितोला ३०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ थियो। यस्तै, चाँदी भने सोमबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाइएको छ। चाँदी प्रतितोला एक हजार ५०० रुपैयाँ तोकिएको छ। 

एक महिनाअघि सुनको मूल्य प्रतितोला एक लाख १७ हजार रुपैयाँ थियो। यस्तै, चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँ थियो।