काठमाडौं–४ को परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय गर्छ : गगन थापा

कांग्रेस महामन्त्री गगनकुमार थापाले मूलधारको राजनीतिक दलभित्र परिर्वतन कसरी सम्भव छ भनेर काठमाडौं–४ का मतदातालाई हेक्का रहेकाे बताएका छन्।

काठमाडौँ– कांग्रेस महामन्त्री गगनकुमार थापाले सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी गर्ने बताएका छन्। 

मैतीदेवी मयुरकुण्ड पूर्वकेन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग थापाले काठमाडौं–४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिने बताए।

‘यहाँको मत परिणामले संसदीय व्यवस्थाभित्र ड्राइभिङ सिटमा बसेर नेपाललाई कसले हाँक्ने भनेर निर्धारण गर्नेछ”, थापाले भने, “मूलधारको राजनीतिक दलभित्र परिर्वतन कसरी सम्भव छ भनेर काठमाडौं–४ का मतदातालाई हेक्का छ।”

कांग्रेसबाहेकका दलमा संसदीय दलको निर्वाचनको औपचारिकतासमेत पूरा नहुने अवस्था रहेको थापाको दाबी छ।