सडकको सौन्दर्य गुमेको, दुर्घटना बढाएको र मानवीय तथा भौतिक क्षतिका घटना बढेपछि नगरभित्रका सडक किनारमा जथाभाबी खन्न प्रतिबन्ध लगाइएको गौर नगरप्रमुख शम्भु साहले जानकारी दिए।
रौतहट– रौतहटको गौर नगरपालिकाले सडक किनारबाट माटो खनेर झिक्न प्रतिबन्ध लगाएको छ। पालिकाभित्र सडक निर्माणका क्रममा निर्माण कम्पनीले जथाभाबी माटो खन्ने र झिक्ने गरेको पाइएपछि पालिकाले त्यसमा रोक लगाएको हो।
सडक निर्माणका क्रममा ठेकेदार कम्पनीले सडक छेउका माटो कटान गरी प्रयोग गर्ने गरेकाले सडकको सौन्दर्य गुमेको र ठाउँ–ठाउँमा दुर्घटना र मानवीय तथा भौतिक क्षतिका घटना बढेपछि नगरभित्र सडक किनारमा खन्न प्रतिबन्ध लगाइएको नगर प्रमुख शम्भु साहले जानकारी दिए।
“बर्सातको समयमा खाल्डोमा पानी जम्ने र बालबालिकाको ज्यानसमेत जाने गरेको घटना बढेकाले यस्ता कार्य नगर्न भनेका हौँ। अबदेखि नगरभरि सडक निर्माण गर्दा ठेकेदार र निर्माण कम्पनीले सडकको छेउबाट माटो काट्न पाउने छैनन्,” उनले भने।
सडक तथा पुल निर्माण गर्नका लागि कम्पनीको लागत तथा इस्टिमेटमा माटोका लागि छुट्टै रकमको व्यवस्था गरिएको हुन्छ। तर ठेकेदारहरूले आफ्नो स्वार्थ र सुविधाका लागि सडकको किनारबाट जथाभाबी मोटो खनेर प्रयोग गर्दा स्थानीयलाई समेत समस्या भएको साहले बताए।
ठेकेदारले भौतिक संरचना निर्माणका क्रममा सडक नजिकैका खेतबाट माटो झिक्न थालिएपछि अन्न उत्पादनमा समेत असर परेको स्थानीय कृषक बताउँछन्। कृषि उत्पादनमा असर पर्नुका साथै जोखिमसमेत बढेकाले खाल्डो खन्ने प्रवृत्तिमा रोक लगाउन नगरपालिका तथा सरोकारवाला निकायसँग स्थानीयले आग्रह गरेका थिए।
सडक छेउमा खनिएका खाल्डोमा जमेको पानीमा डुबेर बर्सेनि बालबालिकाको ज्यान जाने गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। नगरपालिकाको सो निर्णयले जोखिम कम हुने प्रशासन र स्थानीयको विश्वास छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
