उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यापार मेलाले पछिल्लो समय सुस्ताउँदै गएको आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको बताए।
काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, २०२३ आयोजना गर्ने भएको छ। मंगलबार महासंघले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी मंसिर १४ बिहीबारदेखि १८ गते सोमबारसम्म काठमाडौँको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्न लागेको जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ का कारण केही वर्ष रोकिएको मेला यो वर्षबाट निरन्तरता दिन लागेको बताए। उनले मेलाले आन्तरिक उत्पादनलाई विश्व बजारमा लैजान मद्दत पुग्ने तथा अन्तर्राष्ट्रिय उत्पादनका निर्यातकर्ता र आयातकर्ताहरूको एकै ठाउँमा भेट हुने माध्यम बन्ने बताए।
उनले मेलाबाट नेपाली उत्पादन र विदेशी उत्पादनको सहज रूपमा अवलोकन गर्न सकिने दाबी गरे। नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाले पछिल्लो समय सुस्त हुँदै गएको आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको उनले बताए।
मेलाले जिल्ला तहमा वृद्धि हुँदै गएका व्यापार मेलालाई पनि मद्दत पुग्ने उनको भनाइ छ। उनका अनुसार मेलामा चीनबाट ५५, भारतबाट ३०, बांग्लादेश र पाकिस्तानबाट ८/८ वटा स्टलहरू रहने छन्। मेलामा २१० वटा स्टलहरूमार्फत मेलामा स्वदेशी र विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ। मेलामा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यापारिक प्रतिनिधिमण्डलबीच कृषि, जडीबुटी, औषधि, हस्तकलाका वस्तुहरूको विषयमा छलफलसमेत हुनेछ।
नेपालमा लगानी गर्न जापानी उद्योगी व्यवसायीलाई चेम्बरको आग्रह
नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि जापानी उद्योगी व्यवसायीसँग आग्रह गरेको छ। नेपाल भ्रमणमा रहेको इन्टरनेसनल को–अपरेसन अर्गनाइजेनस फर स्मल एन्ड मिडियम इन्टरप्राइजेज इन एशिया आईकोसासँग काठमाडौँको जमलस्थित चेम्बर भवनमा मंगलबार आयोजित भेटवार्तामा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जापानी लगानी एवं व्यापारिक साझेदारीका लागि प्रस्ताव गरेका हुन्।
नेपालमा जलविद्युत्, पर्यटन, औद्योगिक एवं इलेक्ट्रिक क्षेत्रमा लगानीका लागि अध्यक्ष मल्लले आग्रह गरेका हुन्। आइकोसाका अध्यक्ष डा. कुरोसे नावुहिरो सहितको प्रतिनिधिमण्डलसँग अध्यक्ष मल्लले भने, “नेपाल र जापानबीच आर्थिक र कूटनीतिक तवरले उच्चस्तरीय सम्बन्ध छ। लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्यसमेत हो। जलविद्युत्, पर्यटन, उद्योग लगायतका क्षेत्रमा लगानीका लागि म आग्रह गर्दछु। प्रतिफल सुनिश्चितताका लागि चेम्बर अफ कमर्सका तर्फबाट पहलसमेत गर्नेछौँ।”
नेपालमा लगानीको सुनिश्चिततासँगै श्रमशक्ति पनि सस्तो भएको र यहाँ लगानी गरेर उत्पादन गर्न सकिए छिमेकी भारत र चीनमा बजार विस्तार गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ। अध्यक्ष मल्लले जापानी प्रविधि भित्र्याएर उद्योग स्थापनाका लागि साझेदारी गर्न चेम्बर तयार रहेको बताए।
चेम्बर पदाधिकारीसँगको भेटमा आईकोसाका अध्यक्ष कुरोसे नावुहिरोले नेपालमा लगानीका सम्भावित क्षेत्रबारे चासो राखेका थिए। कोभिड–१९ पछि विश्वव्यापी रूपमा साना तथा मझौला उद्योग सबैभन्दा बढी प्रभावित भएको उनको भनाइ छ।
नेपालमा जलविद्युत्, पर्यटन लगायत अन्य सम्भावित क्षेत्रमा संयुक्त लगानीका लागि चेम्बरसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रतिबद्धता जनाए। उनले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको भन्दै सम्भावना युक्त क्षेत्रमा लगानीका लागि आफ्नो देशका उद्यमी व्यवसायीसँग प्रस्ताव गर्ने आश्वासनसमेत दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
