झापामा पिकअप र सिटी रिक्सा ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

झापाको गौरादह–२ मा मंगलबार सिटी रिक्सा र पिकअप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

विराटनगर– झापाको गौरादह नगरपालिका–२ मा मंगलबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।

गौरादह–गौरीगन्ज सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको सिटी रिक्सालाई सोही दिशातर्फ जाँदै गरेको पिकअपले ठक्कर दिँदा दुर्घटना भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सिटी रिक्साचालक स्थानीय ५२ वर्षीय रघुनाथ काफ्लेको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

दुर्घटनामा परी घाइते भएका सिटी रिक्सामा सवार गौरादह–३ की ५५ वर्षीया रामा नेपाल र ४४ वर्षीया मेनुका भण्डारीको म्याडिम्याक्स अस्पताल गौरादहमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पिकअप चालक गौरीगन्ज–८ का २६ वर्षीय राजेश महतोको दमक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौरदहले जनाएको छ।