बुधबारको मौसम: पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

हाल पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। 

जसका कारण पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ। 

कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षासमेत हुने महाशाखाको अनुमान छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

यस्तै, राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ।

गण्डकी र कोशीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ।