बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको सिमानामा अवस्थित बेलुढुंगा हिमशृंखला र ग्रामीण जनजिवनको अवलोकन गर्ने स्थलका रूपमा परिचित छ।
बेनी– म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुंगामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुंगाको भ्रमणमा आउने पर्यटकको संख्या बढेको हो।
बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको सिमानामा अवस्थित बेलुढुंगा हिमशृंखला र ग्रामीण जनजिवनको अवलोकन गर्ने स्थल मानिन्छ।
भकिम्ली र ओखलेका दुवै बस्तीबाट देउराली डाँडासम्म सडकको पहुँच पुगेको र त्यहाँबाट बेलढुंगाको ‘भ्यू पोइन्ट’सम्म चिटिक्कको पदमार्ग निर्माण भएपछि पर्यटकको आगमन बढ्दो क्रममा रहेको भकिम्लीका स्थानीय रत्न जिसीले बताए।
उहाँका अनुसार, बेनी नगरपालिका र काठेखोला गाउँपालिकासँगै प्रदेश सरकारको साझेदारीमा बेलढुंगा पुग्ने सडक, प्रवेशद्वार, पदमार्ग र भ्यू पोइन्टलगायत पूर्वाधार निर्माण भएपछि यो क्षेत्र थप चर्चा आएको हो ।
समुद्री सतहदेखि दुई हजार ७०० मिटर उचाइमा रहेको बेलढुंगाबाट देखिने सूर्योदय, दर्जन बढी हिमाल र ग्रामीणबस्ती जीवनशैली र भू–बनोटको अवलोकनका लागि आन्तरिक पर्यटकको आगमन उत्साहजनक रहेको भकिम्लीका स्थानीय पृथ्वीबहादुर पुनले बताए। यहाँबाट देखिने चुरेन, गुर्जा, धौलागिरि, मानामाथि, नीलगिरि साउथ, नीलगिरि नर्थ, अन्नपूर्ण प्रथम, तिलिचोपिक, बराहशिखर, माछापुच्छ्रे, गंगापूर्ण, लमजुङ हिमाल, मनास्लुलगायत हिमाललाई एक ठाउँबाट अवलोकन गर्न सकिन्छ।
बेलढुंगामा आउने पर्यटकलाई लक्षित गरेर बागलुङको ओखलेमा होमस्टे सञ्चालनमा रहेको छ भने भकिम्लीको मुसुङ र भुकभुकेमा समेत होमस्टे सञ्चालन गर्ने तयारी गरिएको छ। अहिले म्याग्दीको भकिम्ली र बागलुङको ओखले हुँदै दैनिक रूपमा सयौँ जना बेलढुंगाको भ्रमणमा पुग्ने गरेको बेनी नगरपालिका–३ का वडाध्यक्ष पदमबहादुर पुनले बताए। भकिम्लीको शिरमा रहेको धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम र बेलढुंगाको एकीकृत रूपमा विकास र प्रचारप्रसार र प्रवर्द्धनमा जुटेको उनको भनाइ छ।
“पूर्वाधारले पर्यटक तानेको छ, यहाँ आएपछि पर्यटक मोहित बनेर फर्किने गरेका छन्, अब पर्यटकलाई यहाँ आएपछि खाना र बसोबासको सहज व्यवस्थापन मिलाउनेतर्फ हाम्रो ध्यान गएको छ, सडकलाई स्तरीकरण गर्ने र होमस्टे सञ्चालन गर्ने योजनालाई हामीले प्राथमिकतामा राखेका छौँ,” उनले भने।
हिमाल अगाडि पहाडको थुम्कोमा रहेको १०० वर्ष पुरानो इतिहास बोकेको स्वर्गाश्रम ऋषिमुनिले तपस्या गरी ज्ञानआर्जन गरेको ठाउँका रूपमा परिचित छ। समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटर उचाइमा अवस्थित स्वर्गाश्रम रमणीय र धार्मिक ऐतिहासिक महत्त्व बोकेको छ। यस क्षेत्रमा पछिल्लो समय प्रदेश र स्थानीय सरकारको सहयोगमा पदमार्ग, घेराबार, आश्रमस्थल मर्मत, भान्साघर निर्माण, प्रवेशद्वार निर्माणले चिटिक्क देखिएको छ।
आश्रममा १२ वर्षसम्म तपस्या गरी बसेकी इन्दिरा माताको नेतृत्व र स्थानीयको पहलमा केही वर्ष अगाडि सञ्चालित महायज्ञबाट संकलन भएको दान रकमबाट गणेश मन्दिर, पानी जम्मा गर्ने कुवा, आश्रम घर र तीर्थालु बस्ने सत्तल निर्माण गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
