भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाइने

प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई अस्थायी आवास निर्माणमा खटाइनेछ।

तस्वीर: रासस

काठमाडौँ– सरकारले जाजरकोट भूकम्प पीडितका लागि अस्थायी आवास निर्माणमा सुरक्षा निकायलाई परिचालन गर्ने निर्णय गरेको छ। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई अस्थायी आवास निर्माणमा खटाउने निर्णय गरेको हो। 

सरकारका प्रवक्ता रेखा शर्माका अनुसार जिल्लामा जनशक्ति अभाव भएमा प्रमुख जिल्ला अधिकारीको मागका आधारमा थप जनशक्ति खटाइनेछ।