सरकार विकास, सुशासन र सामाजिक न्यायको पथमा हिँड्न नसक्दा नागरिकमा निराशा र आक्रोश बढेको बर्तौलाको भनाइ छ।
काठमाडौँ– नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारप्रतिको निराशा र आक्रोशलाई व्यवस्थाविरोधी अभियानमा संगठित गर्न खोजिएको बताएका छन्।
सरकार विकास, सुशासन र सामाजिक न्यायको पथमा हिँड्न नसक्दा नागरिकमा निराशा र आक्रोश बढेको उनको भनाइ छ।
बुधबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सचेतक बर्तौलाले भने, “सरकारले ठिक ढंगले डेलिभरी दिन नसक्दा नागरिकमा एक प्रकारको निराशा भयो। चरम महँगी छ। भ्रष्टाचार छ। तस्करी, कालोबजारी छ। त्यो नियन्त्रणमा आएन। त्यसले आक्रोश बढायो।”
सोही निराशा र आक्रोशलाई वर्तमान राजनीतिक प्रणालीको विरुद्धमा प्रयोग गर्न खोजिएको उनको भनाइ छ। “यही बेला धमिलो पानीमा माछा मार्न खोज्ने शक्तिले आक्रोशित समुदायलाई व्यवस्थाविरोधी अभियानमा संगठित गर्न खोजेको हो। त्यो असम्भव छ,” सचेतक बर्तौलाले भने, “त्यस्ता प्रतिक्रियावादी शक्ति, सरकारको नालायकीपन र धमिलो पानीमा माछा मार्न खोज्ने प्रवृत्तिविरुद्ध एमाले सशक्त ढंगबाट उभिन्छ।”
वर्तमान राजनीतिक व्यवस्था नढल्ने भए पनि नेतृत्वले कार्यशैलीमा भने परिवर्तन गर्नु आवश्यक रहेको सचेतक बर्तौलाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
