चितवनमा नेकपाका कार्यकर्ताले मतपेटिका जलाउने प्रयास गरेपछि हवाई फायर

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको हो।

काठमाडौँ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चितवनमा मतदान बिथोल्न खोजेपछि प्रहरीले हवाई फायर गरेको छ। 

चितवन निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत राप्ती नगरपालिका–८ मा रहेको ब्रह्मास्थान राष्ट्रिय आधारभूत विद्यालयको (ख) मतदान केन्द्रमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको हो। 

उनीहरूले ‘ख’ मतदान केन्द्रका चार मतपेटिकामध्ये एउटा जलाउने प्रयास गरेपछि हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सुदन आचार्यले जानकारी दिए। 

अवरोधपछि करिब ४५ मिनेट रोकिएको मतदान पुनः सुरु भएको छ १०÷१२ जनाको समूहमा आएका उनीहरूले मतपेटिका जलाउने प्रयास गरेका थिए ।उनीहरू पर्खाल नाघेर भागेको प्रहरीले जनाएको छ।