यसअघि रास्वपाका २१ जना प्रतिनिधिसभा सदस्यमध्ये ६ जना मात्र केन्द्रीय सदस्य थिए।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाका सबै सदस्य तथा प्रदेश सभापतिलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सोमबारदेखि महोत्तरीको जलेश्वरमा शुरू भएको रास्वपाको केन्द्रीय समितिको बैठकले बुधबार केन्द्रीय सदस्य बन्न बाँकी रहेका सबै सांसदलाई मनोनीत गरेको पार्टी उपसभापति डोलप्रसाद अर्यालले बताए।
यसअघि रास्वपाका २१ जना प्रतिनिधिसभा सदस्यमध्ये ६ जना मात्र केन्द्रीय सदस्य थिए। दुईपटक केन्द्रीय समिति विस्तार गर्दा पनि संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निषा डाँगी र स्वास्थ्य राज्यमन्त्री भइसकेकी तोसिमा कार्कीसमेत केन्द्रीय सदस्य बनेका थिएनन्।
तीन दिनदेखि चलिरहेको बैठकमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रस्ताव पेस गरेपछि बैठक समाप्त हुनेछ। बैठकमा राजनीतिक, सांगठनिक, आर्थिक र अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
