सेमेस्टर प्रणालीमा ग्रेडिङका आधारमा नतिजा प्रकाशन गर्ने भएपछि को सर्वोत्कृष्ट भन्ने छुट्याउन समस्या भएको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए।
काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ। प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको उक्त पदक यस वर्षदेखि वितरण नगर्ने भएको हो।
त्रिविका परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सेमेस्टर प्रणाली अनुसार सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी छुट्याउन नसकिएकाले कुलपति पदक वितरण नगर्ने जानकारी दिए। “स्नातकोत्तर तहको नौ संकायमा सबैभन्दा बढी अंक ल्याउने एक जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिँदै आइरहेका थियौँ,” उनले भने, “सेमेस्टर प्रणालीमा ग्रेडिङका आधारमा नतिजा प्रकाशन गर्ने भएपछि को सर्वोत्कृष्ट भन्ने छुट्याउन समस्या भएको हो।”
“पदकका लागि विद्यार्थी छनोट गर्दा प्राप्तांकको प्रतिशतका आधारमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने एक जना विद्यार्थी छनोट गरिन्थ्यो”, जोशीले भने, “हाल सेमेस्टरअन्तर्गत ग्रेडिङ प्रणालीअनुसार मूल्यांकन गरिने हुँदा सर्वोत्कृष्ट विद्यार्थी छुट्याउन नसकिने भएपछि पदक नदिने निर्णय भएको हो।”
कुलपति पदक नौ वटै संकायमा सबैभन्दा बढी अंक ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिँदै आइएको थियो। पदकमा तीन तोला सुनसहित र प्रमाणपत्र हुने गरेको उनको भनाइ थियो।
दीक्षान्त समारोहमा उपकुलपति पदक भने प्रदान गरिने जोशीले जानकारी दिए। उनका अनुसार उपकुलपति पदक स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिने छ। उपकुलपति पदकमा एक तोला सुन र प्रमाणपत्र हुन्छ।
त्रिविको ४९औँ दीक्षान्त समारोह यही पुस २ गते दशरथ रंगशालामा हुने भएको छ। त्रिविका रजिस्ट्रार प्रा डा पेशल दाहालले स्नातकोत्तर तहमा सबै विषयमा ग्रेडिङ पद्दति लागू भइसकेकाले सर्वोत्कृष्ट विद्यार्थी छुट्याउन नसकिने भएपछि कुलपति पदकका लागि सिफारिस गर्न नसकिएको बताए।
“पहिला वार्षिक परीक्षामा विद्यार्थीले प्राप्ताङ्कको आधारमा सर्वोत्कृष्ट विद्यार्थीको हो भनेर सजिलै छुट्याउन सकिन्थ्यो”, उनले भने, “स्नातकोत्तर तहमा सबै ग्रडिङ पद्दति लागू भइसकेकाले सर्वोत्कृष्ट विद्यार्थी छुट्याउन सकिँदैन। ९० देखि ९९ अंक पाउने एउटै ग्रेडमा रहन्छन्।”
दाहालले बिस्तारै स्नातक तहमा पनि यसलाई लागू गर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
