शेयर बजार १८७६ विन्दुमा झर्‍यो, कारोबार रकम १ अर्बमा सीमित

मंगलबारको तुलनामा बुधबार नेप्से ०.९४ प्रतिशत अर्थात् १७.९३ अंकले घटेर १८७६.६० विन्दुमा झरेको छ।

काठमाडाैँ– बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ। मंगलबारको तुलनामा आज ०.९४ प्रतिशत अर्थात् १७.९३ अंकले घटेर १८७६.६० विन्दुमा झरेको छ।

यस्तै बुधबार कारोबार रकम पनि घटेको छ। मंगलबार १ अर्ब २८ करोड २ लाख रुपैयाँ कारोबार भएकोमा बुधबार १ अर्ब १ करोड ४१ लाख ९५ हजार रुपैयाँमा खुम्चिएको छ। बुधबार २८५ वटा कम्पनीको ३३ लाख ५९ हजार ६०१ कित्ता शेयर किनबेच भएको छ। 

विजय लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.८८ प्रतिशतले बढेको छ। यस्तै कुमारी धनवृद्धि योजना ३.६३ प्रतिशतले वृद्धि भएको छ। बुधबार बुद्धभूमि हाइड्रोपावरको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ। यस्तै अभियान लघुवित्त वित्तिय संस्थाको शेयर ७ प्रतिशतले घटेको छ।

यस्तै, कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, सिटिजन लाइफ इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक अगाडि रहेका छन्।