सीभी–२२ ओस्प्रे विमान याकुशिमा एयरपोर्टमा अवतरण गर्न खोजिरहेका बेला त्यसको बायाँ इन्जिनमा आगो लागेको थियो।
जापानको याकुशिमा टापु नजिकै अमेरिकी सेनाको विमान दुर्घटना भएको छ। विमानमा आठ अमेरिकी सैनिक सवार थिए।
सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उक्त विमानको अवशेष याकुशिमामा भेटिएको बताइएको छ। जापानको सरकारी मिडिया एनएचकेले रिपोर्टका अनुसार सीभी–२२ ओस्प्रे विमान याकुशिमा एयरपोर्टमा अवतरण गर्न खोजिरहेका बेला त्यसको बायाँ इन्जिनमा आगो लाग्यो। यो विमान यामागुची क्षेत्रको इवाकुनी बेसबाट ओकिनावाको काडेना बेसका लागि उडेको बताइएको छ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार जापानका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले स्थानीय समय पाैने तीन बजेतिर विमान राडारबाट हराएको बताए। कोस्ट गार्डले बताएअनुसार सात मिनेटपछि विमानबाट एक आपतकालीन सन्देश प्राप्त भएको थियो र त्यसपछि विमान दुर्घटनामा परेको थियो। दुर्घटनामा सबैको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
