मतपेटिका खोसाखोस हुनथालेपछि सिरहामा गोली चल्यो

जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुनथालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको सिरहाका डीएसपी सुवास बुढाथोकीले बताए।

साङ्केतीक तस्वीर

सिरहा– मतदानका क्रममा विवाद भएपछि सिरहामा गोली चलेको छ। कर्जन्हा नगरपालिकाका– ६ स्थित जनता मावि बडहरामालको बुथमा गोली चलेको हो। 
जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुनथालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो। 
सिरहाका डीएसपी सुवास बुढाथोकीका अनुसार विवाद समाधानका लागि अहिले छलफल भइरहेको छ।