बझाङमा फेरि भूकम्पको धक्का

बुधबार साँझ ६ बजेर ४४ मिनेटको समयमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

काठमाडाैँ– बझाङको चैनपुर आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।

बुधबार साँझ ६ बजेर ४४ मिनेटको समयमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि असोज १६ गते बझाङको चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प जाँदा १०७ भवन पूर्ण रुपमा क्षतिग्रस्त हुँदा ३६२ मा आंशिक क्षति पुगेको थियो।

पछिल्लो समय पश्चिम क्षेत्रमा लगातार भूकम्पका धक्का गइरहेका छन्।