पार्टीका तर्फबाट प्रतिनिधिसभाका सबै सांसदसहित अनिल केशरी शाह, राजन गौतम, डा. नन्दन यादव, पुकार बम र कामिनी चौधरी केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. स्वर्णिम वाग्लेलाई पार्टी उपसभापतिमा मनोनयन गरेको छ। महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले बुधबार सांसद वाग्लेलाई उपसभापति चयन गरेको हो।
महामन्त्री मुकुल ढकालकाअनुसार पार्टी सभापति रवि लामिछानेले वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव गरेका थिए। जसलाई संयुक्त बैठकले पारित गरेको हो। त्यस्तै, रास्वपाको कोषाध्यक्षमा लीमा अधिकारी मनोनयन भएकी छन्। रास्वपा सहमहामन्त्रीमा सांसद सुमना श्रेष्ठ र विपिन आचार्यलाई चयन गरिएको छ।
सहप्रवक्तामा सांसद मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई मनोनयन गरिएको छ। सहकोषाध्यक्षमा दीपक बोहरा र बसुमाया तामाङलाई जिम्मेवारी दिइएको छ। रास्वपाले २१ सदस्यीय सचिवालय पनि गठन गर्ने निर्णय लिएको ढकालले जानकारी दिए। सचिवालयमा तत्कालका लागि पदाधिकारीसहित संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारलाई थपिएको छ। सचिवालयका बाँकी सदस्य पछि थप गर्ने रास्वपाले जनाएको छ।
अनिल केशरी शाह, राजन गौतम,डा. नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ। यस्तै पार्टीका तर्फबाट प्रतिनिधिसभाका सबै सांसदलाई पनि रास्वपाले पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
