पहाडी भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ। अन्य स्थानको मौसम सामान्यतया सफा रहनेछ।

काठमाडौँ– देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास रहेको न्युनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। 

जसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। 

बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ। मधेश, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै, उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातसमेत हुनेछ। यसैगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा राति पनि आंशिक बदली रहनेछ। 

कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।