प्रधानमन्त्री देउवाले गरे मतदान

उनले डडेल्धुरा गन्यापधुरा गाउँपालिका-१ को अशिग्राम मावि रूवाखोला केन्द्रबाट मतदान गरेका हुन्।

काठमाडौँ- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेका छन्। 

उनले आफ्नै जन्मथलो  डडेल्धुरा गन्यापधुरा गाउपालिका-१ को अशिग्राम मावि रूवाखोलामा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

उनले शान्त र भयरहितरूपमा मतदान गर्न अनुरोध गरेका छन्।