एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर यात्रा शुभारम्भ गरेका छन्।
बैतडी– एमालेले ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ शुरू गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर यात्रा शुभारम्भ गरेका हुन्।
सो अवसरमा अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताए। राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनको भनाइ छ।
झुलाघाटबाट शुरू भएको यात्रा पुस १ गते पाँचथरको चिवा भन्ज्याङमा पुगेर सम्पन्न हुनेछ।
अभियानका क्रममा मध्यपहाडी क्षेत्रमा विकास निर्माणको अवस्थाबारे बुझ्ने र त्यहाँका जनप्रतिनिधिहरूसँग अन्तर्क्रिया गरिने एमाले सचिव योगेश भट्टराईले बताए।
“यसका अतिरिक्त स्थानीय बुद्धिजीवीहरूका राय सुझाव लिन, हाम्रो पार्टीका बारेमा उहाँहरूका गुनासा तथा टिप्पणीहरू सुन्न र पार्टीलाई समेत गतिशील बनाउनका निम्ति यो अभियान गरेका हौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
