किसिन्जरले सन् १९७३ मा नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए।
पूर्वअमेरिकी विदेशमन्त्री तथा नोबेल पुरस्कार विजेता हेनरी किसिन्जरको निधन भएको छ।
अमेरिकी विदेश नीतिमा अमिट छाप छोडेका चतुर कूटनीतिज्ञ किसिन्जरको १०० वर्षको उमेरमा बुधबार निधन भएको हो।
किसिन्जरले तत्कालीन अमेरिकी राष्ट्रपतिहरू रिचर्ड निक्सन र जेराल्ड फोर्डको कार्यकालमा विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरेका थिए।
उनले सन् १९७३ मा नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए। भियतनाम युद्ध रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको किसिन्जर र भियतनामी कूटनीतिज्ञ ली डक थोलाई त्यस वर्ष संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार दिएको थियो।
सन् १९७४ मा रिचर्ड निक्सनले राजीनामा दिएपछि उनले राष्ट्रपति जेराल्ड फोर्डको नेतृत्वमा कूटनीतिक शक्तिका रूपमा काम गर्दै बाँकी जीवनभर बलियो राय प्रस्तुत गरेको सीएनएनले जनाएको छ।
धेरैले किसिन्जरलाई उनको प्रतिभा र बृहत् अनुभवका लागि प्रशंसा गर्छन्। विदेश नीतिमा संवेदनशील किसिन्जर व्यक्तिगत मामिलामा संयमित मानिन्थे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
