लगातार उकालो लागेको सुनको मूल्य बिहीबार स्थिर

महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँ कायम छ। यो बुधबार कायम रेकर्डको स्थिर मूल्य हो।

काठमाडौँ– नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य स्थिर रहेको छ।

मंगलबार र बुधबार बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य बिहीबार भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँ कायम छ। यो बुधबार कायम रेकर्डको स्थिर मूल्य हो। यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार प्रतितोला एक हजार ५२० रुपैयाँमा किनबेच भएको चाँदी बिहीबार पनि सोही मूल्य कायम छ।