भारतका गृहमन्त्री अमित शाहले यसलाई ऐतिहासिक सफलता बताएका छन्।
भारतको पूर्वी राज्य मणिपुरमा सक्रिय विद्रोही समूह 'युनाइटेड नेसनल लिबरेसन फ्रन्ट' (यूएनएलएफ)ले केन्द्र र प्रदेश सरकासँग शान्ति सम्झौता गरेको छ।
योसँगै मणिपुरमा शान्ति स्थापना गर्ने प्रयासमा भारतको केन्द्र सरकारले ठूलो सफलता हात पारेको छ। भारतका गृहमन्त्री अमित शाहले यसलाई ऐतिहासिक सफलता बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा भनेका छन्, "ऐतिहासिक उपलब्धि हासिल भएको छ, मणिपुरको सबैभन्दा पुरानो सशस्त्र समूह यूएनएलएफ सरकारसँग शान्ति सम्झौता गर्न सहमत भएको छ।"
बुधबार दिल्लीमा दुई पक्षबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको हो। मणिपुरमा पछिल्लो समय जातीय विद्रोहका घटना भइरहेका छन्। मे ३ देखि भएको हिंसामा सयौँले ज्यान गुमाएका थिए। उक्त हिंसामा त्यहाँका सशस्त्र विद्रोही समूहहरू पनि संलग्न रहेको बताइएको थियो।
यूएनएलएफबाहेक मणिपुरमा अन्य विद्रोही संगठन पनि सक्रिय छन्। ती समूहलाई पनि शान्ति प्रक्रियामा ल्याउन केन्द्र सरकारले निरन्तर छलफल गरिरहेको गृहमन्त्री सींहको भनाइलाई उद्धृत गर्दै भारतीय पत्रिका 'द हिन्दू'ले जनाएको छ।
A historic milestone achieved!!!
— Amit Shah (@AmitShah) November 29, 2023
Modi govt’s relentless efforts to establish permanent peace in the Northeast have added a new chapter of fulfilment as the United National Liberation Front (UNLF) signed a peace agreement, today in New Delhi.
UNLF, the oldest valley-based armed… pic.twitter.com/AiAHCRIavy
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
