जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गिहेन्द्र बोगटीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको जानकारी दिए।
काठमाडौँ- बाजुराका तीन स्थानीय तहमा विवाद बढेपछि प्रहरीले २७ राउन्ड हवाई फायर गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गिहेन्द्र बोगटीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको जानकारी दिए।
उनका अनुसार स्वामी कात्र्तिक फापर गाउँपालिका वडा नम्बर ३ र ४, बूढीगंगा नगरपालिका ८ र बूढीनन्दा नगरपालिका ५ मा प्रहरीले हवाई फायर गरेको हो। ्
हवाई फायर गरिएका ठाउँमा मतदान स्थगित भएको छ। प्रहरीका अनुसार बुढीगंगा ८ को मतदान केन्द्र, बुढीनन्दा ५ र स्वामिकात्र्तिक ४ को मतदान केन्द्रमा मतदान स्थगित भएको हो।
नेकपा एमाले र लोकतान्त्रिक बाम गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि त्यहाँ हवाई फायर गर्नु परेको हो।
यसअघि बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा पनि एमाले र कांग्रेसका कार्यकर्ताबिच झडप भएपछि बूढीगंगाको मतदान नै स्थगित गरेर पुनः भएको थियो।
संवेदनशील जिल्लाका रूपमा राखिएको बाजुरामा बुथ कब्जा लगायतका घटना नहोस् भनेर प्रहरीको विशेष कमान्डो फोर्स पनि परिचालन गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
