१० जनाको दरबन्दी रहे पनि हाल तीन जना मात्रै रहेकाले सेवा प्रवाहमा समस्या भएको इलाका प्रशासन कार्यालय बुर्तिबाङले जनाएको छ।
ढोरपाटन– बडिगाड गाउँपालिका–७ का हर्कबहादुर विक भतिजा मनबहादुरको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुर्तिबाङ धाएको चार दिन भयो। तर, उनले पालो पाएका छैनन्। बजारमा बस्दा बढी खर्च लाग्ने हुँदा उनीसहित भतिजा र भाउजू पनि घरदेखि नै आउजाउ गरिरहेका छन्। तीन जना बुर्तिबाङ पुगेको एकतर्फी भाडा नै दुई हजार २०० रुपैयाँ लाग्छ।
चार दिनसम्म उनीहरूले गाडी भाडा मात्रै आठ हजार ८०० रुपैयाँ खर्च गरिसके। खाना र खाजामा चार हजारभन्दा बढी खर्च भयो। एक जना व्यक्तिको नागरिकता बनाउन हजारौँ खर्च हुनुपर्ने बाध्यता हर्कबहादुरको मात्रै होइन इलाका प्रशासन कार्यालय बुर्तिबाङमा सेवा लिन आउने धेरैको हो। दिनभरि लामो लाइनमा बस्ने साँझ परेपछि पालो नपाएर फर्कनेको संख्या ठूलो छ। दाइको केही समय अगाडि मृत्यु भएपछि भतिजाको नागरिकता बनाउन आएका हर्कबहादुरले यस्तो समस्या पहिले बागलुङ पुगेर सेवा दिँदा पनि नपाएको सुनाए।
“ऋण खोजेर नागरिकता बनाउन आएको हो, चार दिनसम्म धाउँदा ठूलो खर्च भइसकेको छ,” विकले भने, “तर काम भने बनेको छैन। पालो कुर्दै बितेको छ।” एक दिनमै बन्ने नागरिकता बोलिदिने मान्छे कोही नहुँदा बन्न नसकेको उनको गुनासो छ।
“घरमा कामको चटारो छ, यहाँ आउन थालेपछि घर र बारीको केही काम गर्न पाइएको छैन,” विकले भने, “अब त नागरिकता बन्दासम्म २० हजार रुपैयाँले पनि नपुग्ने भयो।”
ढोरपाटन नगरपालिका–३ पुर्कोटका बुद्धबहादुर गुरुङ श्रीमती पनि नागरिकता बनाउन आएको तीन दिन भयो। तीन दिनसम्म पालो नपाउँदा भारत फर्किन ढिला भएको छ। दुई दशकदेखि भारतमा रोजगार गर्दै आएकाका गुरुङले अहिलेसम्म श्रीमतीको नागरिकता बनाएका थिएनन्। कर्मचारीले आइतबार मात्रै आफ्नो पालो आउने जानकारी गराएको गुरुङले सुनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
