मकवानपुरमा मोटरसाइकल दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
काठमाडौँ– मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुल छेउ मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि चितवनको भरतपुर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो।
मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी–२ कुर्ले पाखाका ३५ भीमबहादुर स्याङ्तान उनकी श्रीमती ३४ वर्षीय रूपा र चारपाँच महिनाकी बालिकाको मृत्यु भएको हो। भीमलाई उपचारका लागि लैजाने क्रममा र अन्य दुईको घटनास्थलमै मृत्यु भएको थियो।
गम्भीर अवस्थामा उद्धार गरिएका भीमको टाउकोमा चोट लागेको थियो। थप उपचारका लागि भरतपुरतर्फ लाने क्रममा बाटोमा नै मृत्यु भए पछि पुनः हेटौँडा अस्पताल नै ल्याइएको प्रहरीले जनाएको छ।
बिहीबार दिउँसो १ बजेतिर धवाडीपुलस्थित भित्री सडकखण्डमा सुकौराबाट कान्तीलोकपथतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुल छेउबाट १२ मिटर तल खसेको प्रहरीले जनाएको छ।
तीनै जनाको शव हेटौँडा अस्पतालमा नै रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
