प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेवानि र श्री एयरलाइन्सका कमजोरीका कारण नेपाली वायुसेवा युरोपियन युनियनको हवाई सुरक्षा सूचीबाट हटाउने अवस्था नबनेको प्रतिवेदन आएको बताएका छन्।
काठमाडौँ– युरोपियन युनियन (ईयू)ले नेपाली हवाई सेवालाई सुरक्षा सूचीबाट हटाउने अवस्था बनिनसकेको प्रतिवेदन पठाएको छ। ईयूको एयर सेफ्टी कमिटीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हवाई सुरक्षा अडिट प्रतिवेदन पठाउँदै सुधारका लागि १२ बुँदे सुझाव दिएको हो।
गत भदौको अन्तिममा नेपाल आएको ईयूको टोलीले नेपाल नागरिक उड्डयन प्राधिकरण, सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगम र निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सको जाँच गरेको थियो। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निगम र श्री एयरलाइन्सका कमजोरीका कारण नेपाली वायुसेवा युरोपियन युनियनको सुरक्षा सूचीबाट हटाउने अवस्था नबनेको प्रतिवेदन आएको बताएका छन्।
“ईयूको एजेन्सीसँग हाम्रो सहकार्य जारी थियो। फेब्रुअरीको मिसनलाई सेप्टेम्बरमा आएर पाँच दिन आएर ईयूको टोली जाँच सकेर गएको थियो,” महानिर्देशक अधिकारीले बिहीबार सञ्चारकर्मीसँग भने, “उहाँहरूको जाँच सुरक्षासँग सम्बन्धित थियो। उहाँहरूको ड्राफ्ट रिपोर्टपछि हामीले तत्काल र दीर्घकालीन गर्न सकिने एक्सन प्लानसहित हामीले पठाएका थियौँ। त्यसमा छलफलका लागि हामी नोभेम्बर १५ मा ब्रसेल्स गएका थियौँ।”
अडिटपछि नोभेम्बर १४–१६ सम्म ब्रसेल्समा छलफलमा गरेर एयर सेफ्टी कमिटीले प्रतिवेदन तयार पारेको थियो। कमिटीले सुनुवाइपछि पठाएको इमेलमा नेपालको हवाई सेवा प्रणाली सुधारको दिशामा अघि बढेको पाइए पनि सुरक्षा सूचीबाट हालका लागि हटाउन नसकिने आशय रहेको उनले बताए।
प्राधिकरणको कामसँग सम्बद्ध कमजोरी उल्लेख नगरे पनि निगम र श्री एयरलाइन्सलाई सुरक्षा व्यवस्थापन प्रणाली र उडान सञ्चालन नीतिमा सुधार गर्न सुझाव दिइएको जानकारी उनले दिए । “ती दुई संस्थाले १२ बुँदा सुधार गर्नुपर्ने ईयूको सुझाव छ, हामीले सुधार गरेर देखाउन सक्नुपर्छ,” उनले भने। प्रतिवेदनमा उड्डयन सुरक्षाका लागि प्राधिकरणले गरेको काम र नेतृत्वको प्रशंसा गरिएको उनले बताए।
ईयूको सुरक्षा जाँच नियमित प्रक्रिया भएकाले नेपाली हवाई सेवा कम्पनीले गर्नुपर्ने उडान सुरक्षाका मापदण्डमा योजना बनाउनु पर्ने र त्यसलाई लागू गरेर देखाउन सक्नुपर्ने उनले बताए। “सुरक्षा जाँच नियमित प्रक्रिया हो। हामीले एक्सन प्लान बनाएर, लागू गरेर जानुपर्छ,” उनले भने।
ईयूको सुरक्षा सूचीमा परेका कारण नेपाली हवाई सेवाले युरोपेली मुलुकमा उडान गर्न पाएका छैनन्। लामो समयदेखि उक्त सूचीबाट नेपालाई हटाउन माग हुँदै आए पनि ईयूको निर्णयले नेपाली वायुसेवा कम्पनीहरूलाई निराश बनाएको छ। सन् २०१० देखि २०१२ सम्म भएका पाँच हवाई दुर्घटनामा धेरै यात्रुले ज्यान गुमाएपछि ईयूले नेपाललाई सुरक्षा सूचीमा राखेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
