निगमले खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई तथा डिजेल/मट्टितेलमा प्रतिलिटर चार रुपैयाँले घटाएको छ।
काठमाडौँ– नेपाल आयल निगमले डिजेल र पेट्रोल/मट्टितेलको मूल्य घटाएको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई तथा डिजेल/मट्टितेलमा प्रतिलिटर चार रुपैयाँले घटाइएको हो।
इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जनाएको छ। निगमले देशभर तीन वर्गमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्दै आएको छ।
नयाँ मूल्यसूचीअनुसार पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः १६७.५० रुपैयाँ, १६९ र १७० रुपैयाँ तोकिएको छ। यस्तै पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः १५७.५० रुपैयाँ, १५९ रुपैयाँ र १६० रुपैयाँ कायम गरेको छ।
आईओसीले पठाएको नयाँ मूल्यसूचीमा साबिकको मूल्यमा पेट्रोलमा प्रतिलिटर २.१२ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ४.९ रुपैयाँ घटेर आएको निगमले जनाएको छ। प्रत्येक महिनाको १५/१५ दिनमा आईओसीले पेट्रोलियम पदार्थको मूल्यसूची पठाएअनुसार नेपालमा इन्धनको मूल्य निर्धारण हुने गर्छ।
भारतबाट मूल्य बढेर आए पनि खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् रहेको निगमले जनाएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
