कस्तो रहनेछ शुक्रबारको मौसम?

देशभर नै तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

काठमाडौँ– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी प्रदेशसहित पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी राति, कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

गण्डकी र कोशीका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

देशभर नै तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।