नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी संक्रमण भएको अनुमान छ।
काठमाडौँ– ३६औँ विश्व एड्स दिवस। ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, नारासहित शुक्रबार चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।
हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरेको छ।
सन् १९८१ मा पहिलो एचआइभी संक्रमित फेला परेदेखि सन् २०२२ अन्त्यसम्म विश्वमा आठ करोड ५६ लाख जनामा संक्रमण भएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ।
संक्रमणका कारण चार करोड चार लाखको मृत्यु भइसकेको छ। यस्तै, विश्वमा हरेक दिन तीन हजार ६०० मानिस एचआइभी संक्रमित हुने गरेका छन्।
केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी संक्रमण भएको अनुमान छ। नेपालमा हरेक दिन एकजना एचआइभीबाट संक्रमित हुने गरेको केन्द्रले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
