चन्द्रनगर गाउँपालिकाको गाउँसभा नहुँदा शिक्षक एवं कर्माचारीको तलब चार महिनादेखि रोकिएको छ। शिक्षक तथा कर्मचारी पठनपाठन नै अवरुद्ध गरेर धर्नामा बसेका छन्।
सर्लाही– सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच विवाद भएपछि गाउँसभा अवरुद्ध भएको छ।
गाउँपालिका अध्यक्ष राजकुमार महतो र उपाअध्यक्ष गीतादेवी महतो समूहको आपसी विवादका कारण गाउँसभा हुन नसकेको हो। गाउँसभा नहुँदा शिक्षक एवं कर्माचारीको तलब चार महिनादेखि रोकिएको छ। तलब नपाएर उनीहरू आन्दोलित छन्।
असार मसान्तमा नै गरिसक्नु पर्ने गाउँसभा चार महिना बितिसक्दा पनि हुन नसकेको स्थानीय शिवराम महतोले बताए। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले असारभित्र आगामी आर्थिक वर्षको वार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गर्नुपर्छ।
वार्षिक बजेट, नीति तथा कार्यक्रम नआउँदा विकास निर्माणका कामसमेत प्रभावित भएका छन्। ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति एवं एकल महिलाले सामाजिक सुरक्षा भत्ता पाएका छैनन्।
गाउँपालिकाका २२ वटा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी पठनपाठन नै अवरुद्ध गरेर धर्नामा बसेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
