जाजरकोटमा ३४ हजार ४९८ घरमा भूकम्पले क्षति पुर्याएको प्रारम्भिक विवरण छ। तीसमध्ये नौ हजार ७९४ घरमा पूर्ण र २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ।
जाजरकोट– भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न जाजरकोटमा पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन शुरू गरिएको छ।
शुक्रबार जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो। रुकुम पश्चिममा मंसीर १२ देखि वितरण शुरू भएको थियो।
शिवालयमा तीन हजार ३०९ लाभग्राहीलाई पहिलो किस्ता पठाइएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटका लेखापाल एकराज उपाध्यायले बताए। उनका अनुसार प्रतिलाभग्राही २५ हजारका दरले आठ करोड २७ लाख २५ हजार रुपैयाँ पठाइएको छ।
स्थानीय तहले भने लाभग्राहीको विवरण पुनः पहिचान गरी रकम वितरण गर्ने जनाएको छ। शुक्रबारदेखि नै यो प्रक्रिया थालिने पालिका अध्यक्ष शेरबहादुर शाहीले बताए।
“वडाबाट आएको विवरणलाई प्रशासनमा पठाएका छौँ। यीमध्ये पनि कसैका दुईवटा घर हुनसक्छ, कोही लाभग्राही सूचीमै नपरेका पनि हुन सक्छन्,” शाहीले भने, “त्यसैले फेरि फारम भर्न लगाएर वास्तविक पीडितलाई अनुदान दिन्छौँ। यसका लागि दुई–तीन दिन लाग्न सक्छ।”
लेखापाल उपाध्यायले अन्य गाउँपालिकाबाट भने लाभग्राही विवरण प्राप्त हुन नसकेको बताए। विवरण प्राप्त भए लगत्तै स्थानीय तहमा रकम पठाइने उनको भनाइ छ।
शुक्रबारदेखि अन्य तहबाट पनि लाभग्राही विवरण आउने जनाइएको छ। जिल्लामा ३४ हजार ४९८ घरमा भूकम्पले क्षति पुर्याएको प्रारम्भिक विवरण छ। तीसमध्ये नौ हजार ७९४ घरमा पूर्ण र २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
