दियाला प्रान्तले सन् २००३ पछिका वर्षमा कुर्दिश, सुन्नी र सिया समुदायबीचको अशान्ति र छिटपुट हिंसाको सामना गरिरहेको छ।
इराकको पूर्वी प्रान्त दियालामा बिहीबार अज्ञात बन्दुकधारीले कारमा आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ। अन्य नौ जना घाइते भएका छन्।
दियाला प्रान्तीय कमान्ड अला अल–सादीका अनुसार राजधानी बगदाददेखि करिब ९० किलोमिटर उत्तरपूर्वी शहर बजिहिया नजिकैको एउटा गाउँमा एउटा कार सडक किनारामा राखिएको बमसँग ठोक्किएको थियो।
त्यसपछि कारमा अज्ञात बन्दुकधारीले गोली चलाएका थिए। घाइतेमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको उनले बताए।
दियाला प्रान्तले सन् २००३ पछिका वर्षमा कुर्दिश, सुन्नी र सिया समुदायबीचको अशान्ति र छिटपुट हिंसाको सामना गरिरहेको छ।
आतंकवादी समूह इस्लामिक स्टेट (आइएस) का केही अवशेषले समय–समयमा सर्वसाधारण र इराकी सुरक्षा बलविरुद्ध हमला गर्दै आएका छन्।
उनीहरू दियाला प्रान्तको पूर्वी भाग र उत्तरमा रहेको हिमरिन पहाडी क्षेत्रमा संगठित भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
