कैलालीको जानकी गाउँपालिका–३ का ३५ वर्षीय मित्थुले ललितकला क्याम्पसबाट चित्रकलामा स्नातक गरेका छन्।
जानकी– मित्थु थारु आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा अप्सराको चित्र कोर्दै थिए। सेतो, हरियो, कालो, पहेँलो सबै रङ मिलाएका थिए। यसरी उनी थारु इतिहास र लोक संस्कृतिमा आधारित देवीदेवताको प्रतिमा रंगाउन लागिपरेका थिए।
कैलालीको जानकी गाउँपालिका–३ का ३५ वर्षीय मित्थुले ललितकला क्याम्पसमा चित्रकलामा स्नातक गरेका छन्। माटाका मूर्ति बनाएर पुज्ने थारु जातिको प्रचलन सानैदेखि देख्दै आएका मित्थुलाई माटाका मूर्ति बनाउनमा रुचि बढेपछि चित्र र मूर्ति बनाउने कलामा आफूलाई निखार्दै लगे।
चित्रकलाको चार वर्षे अध्ययन पूरा गरेर उनी दुई वर्षदेखि व्यावसायिक रूपमा काम गरिरहेका छन्। विशेष गरेर थारु जातिको संस्कृति र ऐतिहासिक महत्व बोकेका चित्र र भित्ते मूर्ति बनाउने गरेको उनले सुनाए।
“अध्ययन पूरा गरेपछि मैले पहिलोपटक थारु जातिको इतिहास र लोक कला संस्कृति झल्किने भित्ते चित्र बनाएको थिएँ। त्यसबाट २५ हजार रुपैयाँ पाएको थिएँ,” मित्थुले भने। उनका अनुसार चित्र र मूर्ति बनाउँदा मासिक ७० हजारदेखि एक लाख रुपैयाँसम्म हुने गर्छ।
यतिबेला उनले बाँकेको बैजनाग गाउँपालिका–१ मा पर्ने गाभर भ्याली होमस्टेका भित्तामा थारु समुदायले पुज्ने देवीदेवताका प्रतिमूर्ति कोर्दैछन्। उनले दुर्गाशरणको कथामा आधारित थारु समुदायका देवी मयारी (अप्सरा), थारुका राजा (दगीशरण), भेंवाँ (भीम), ठूलो डेमन डेउडा घोडालगायत माटाका मूर्ति कुँदेर होमस्टेका भित्ता सजाएका छन्।
मूर्तिको विशेषता हेरेर मूल्य निर्धारण हुने भएकाले एउटा मूर्ति कुँदेबापत २५ देखि ३० हजारसम्म लिने गरेका छन्। व्यावसायिक रूपमा थारु संस्कृति झल्कने चित्र र मूर्ति बनाउन थालेपछि आर्थिक अवस्थामा सुधार आएको उनले बताए।
मित्थुले दाङको दगीशरण–३ चखौरा गाउँमा थारु संस्कृति संग्रहालयमा चित्र र मूर्ति बनाइरहेका छन्। थारु संस्कृति जागरणकै लागि आफूले यो काम रोजेर व्यावसायिक रूपमा अघि बढेको उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
