बढ्दो आयात र घट्दो निर्यातका कारण देशको अर्थतन्त्र दबाबमा परिरहेको कार्यवाहक प्रधानमन्त्री खड्काको भनाइ छ।
काठमाडौँ– कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रका समस्यालाई देखाएर अवाञ्छित राजनीतिक फाइदा लिन खोज्नेप्रति सरकार गम्भीर रहेको बताएका छन्।
शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री खड्काले नागरिकलाई कुनै पनि ‘अराजक’ भिडको पछि नलाग्न आग्रह गरेका हुन्।
“हजारौँ नागरिकको बलिदान र लामो समयको राजनीतिक संघर्षबाट प्राप्त संघीय, लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प छैन, यसमा भएका कमी कमजोरीलाई सुधार्दै थप सबल, सुदृढ र जनउत्तरदायी बनाउनुपर्छ,” उनले भने।
अर्थतन्त्रमा देखा परेका समस्या समाधान गर्न सरकार पूर्ण प्रतिबद्धताका साथ लागिरहेकाले चाँडै सही बाटोमा आउने उनको विश्वास छ। “अर्थतन्त्रको समस्यालाई हामीले सामूहिक रूपमा समाधान गर्न सक्छौँ,” उनले भने, “एक अर्कालाई दोषारोपणभन्दा पनि सबैले आ–आफ्नो ठाउँमा जिम्मेवार भएर दायित्व निर्वाह गर्नुपर्छ।”
कोरोना महामारी, रुस–युक्रेन तथा इजरायल–प्यालेस्टाइन युद्धलगायतले विश्व अर्थतन्त्र प्रभावित भइरहेको र नेपाल पनि यसबाट अछुतो नभएको उनको भनाइ थियो। अर्थतन्त्रमा देखिएका समस्या समाधानमा सरकारले यथासम्भव प्रयास गरिरहेको कार्यवाहक प्रधानमन्त्री खड्काले बताए।
“सरकारले चालेका कदम र प्रयासका कारण ब्याजदर घट्दो क्रममा छ जसले गर्दा लगानी बढ्ने अपेक्षा गर्न सकिन्छ। घरजग्गा कारोबार र पुँजी बजारमा देखिएको शिथिलता समाधानका लागि सरकारले नीतिगत रूपमै विभिन्न कदम चालेको छ। सुधारका संकेत देखिन पनि थालेका छन्,” उनले भने।
बढ्दो आयात र घट्दो निर्यातका कारण देशको अर्थतन्त्र दबाबमा परिरहेको उनको भनाइ थियो। उनले पुँजीगत खर्च अपेक्षाकृत रूपमा हुन नसक्नु र राजश्व परिचालन पनि अपेक्षाकृत रूपमा बढ्न नसकेकाले अर्थतन्त्रलाई लयमा ल्याउन थप मेहनत गर्नुपर्ने आवश्यकता रहेको औँल्याए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
